मुख्य सामग्रीमा जानुहोस्

परिवर्तनको सुरुवात

मानवीय सेवा, सचेतना, विकास र समृद्धिका लागि हामी बिभिन्न निकायसंग सहकार्य गरि समुदायसंगको साझेदारीमार्फत परोपकारी काम गरिरहेका छौँ

विद्यार्थीहरूसँग प्रारम्भका प्रतिनिधिहरू

दुई दशकको विदेश बसाइपछिको व्यवसायिक एवं सामाजिक सेवाको भावनाबाट आरम्भ भएको यात्रा तथा नेपालमा अनेकन पेशा-व्यवसाय र जनसम्पर्कको पहुँचमा भएका मनकारी व्यक्तिहरुको सामुहिक प्रयासमा स्थापित संस्था, जसले नेपालका दुर्गम र विपद् प्रभावित बस्तीहरूमा शिक्षा, स्वास्थ्य र दिगो विकासको ज्योति फैलाइरहेको छ।

प्रमुख तथ्याङ्क

सम्पन्न सामाजिक परियोजनाहरू
(विद्यालय, स्वास्थ्य चौकी, पुस्तकालय, प्रहरी चौकी एवं सामुदायिक भवनहरु आदि)
१००+
लाभान्वित नागरिकहरू
जो हाम्रा दर्जनौं स्वास्थ्य शिविरबाट सेवा लिइसक्नु भएको छ
१,००,०००+
आपत्कालीन सेवाहरु
प्रत्यक्ष रुपमा प्राथमिक स्वास्थ्य सामग्री, औषधिहरु तथा कोभिड-१९ का बेलामा अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग
५०,०००+
जिल्लाहरूमा प्रत्यक्ष राहत तथा सामाजिक सेवा विस्तार
भुकम्प, बाढी-पहिरो र प्राकृतिक बिपत्ति तथा कोरोना महामारीका बेला नागरिकलाइ परेको अप्ठेरोमा एक सारथीका हिसाबले उद्दार र राहतका लागि खाद्यान्न, लत्ताकपडा,मेडिकल सामाग्री लगायतका सहयोग
२०+

हालको गतिविधि

सन् २०१५ को महाविनाशकारी भूकम्पले प्रभावित अधिकांश जिल्ला र प्रत्यक्ष असर भोगेका हजारौं नागरिकको उद्धार र राहतसंगै पुनर्वास र पुनर्निर्माणको योजनाहरु सफलतापुर्वक सम्पन्न गरि दर्जनौं स्वास्थ्य शिविरहरु संचालन गरिसकेको छ। झन्डै १ सयवटा पुनर्निर्माणका परियोजना सम्पन्न गरिसकेको प्रारम्भ संस्था यतिबेला गत भाद्र १० गते आएको भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङलगायतका स्थानहरूमा उद्धार, राहत तथा स्थलगत अध्ययन गरिरहेको छ ।

बाढी तथा विपद् व्यवस्थापन
पिस्कर पुनर्निर्माण परियोजना

पिस्कर पुनर्निर्माण परियोजना

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित पिस्करमा भएका सबै सरकारी बिधालय, स्वास्थ्यचौकी, सामुदायिक भवन लगायतको बृहत परियोजना सम्पन्न गरिसकेको छ।

सबै परियोजनाहरू
सिंगापुर रेडक्रससँगको साझेदारी

सिंगापुर रेडक्रससँगको साझेदारी

समाजसेवी कल्पना क्षेत्री र युवा अभियन्ता बद्रिराज तिमल्सिनाको सक्रियता तथा सिंगापुर रेडक्रसको ठूलो सहयोग र सहकार्यमा नेपालमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका सयभन्दा बढी परियोजनाहरू सफलतापूर्वक सम्पन्न भई सरकार तथा स्थानीय निकायलाई हस्तान्तरण गरिएका छन्। हालैको बाढी प्रभावित क्षेत्रहरूको सहयोगका लागि आवश्यक गृहकार्य अगाडि बढाइएको छ।

थप जानकारी
  • भिडियो

    प्रारम्भ: संक्षिप्त भिडियो परिचय

    सामाजिक संस्था प्रारम्भको परिचय

  • भिडियो

    भोटेकोशी बाढी राहत

    बाढी प्रभावितका लागि लत्ताकपडा र स्वास्थ्य सामग्री

  • भिडियो

    करुवा स्वास्थ्य चौकी हस्तान्तरण

    सिंगापुर रेडक्रसको सहकार्यमा, माछापुछ्रे गाउँपालिका, कास्की