मुख्य सामग्रीमा जानुहोस्

स्वास्थ्य तथा राहत

बृहत स्वास्थ्य शिविर

बृहत स्वास्थ्य शिविर

प्रारम्भले हालसम्म २० वटा जिल्लामा ३० वटा बैदेशिक मानवीय परियोजनाहरु तथा बृहत स्वास्थ्य शिविरहरू संचालन गरिसकेको छ।

ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मनाङ, सोलुखुम्बु, झापा, सिराहा, दोलखा, चितवन, नवलपरासी, कास्की, पाल्पा, तनहुँ, मकवानपुर, रुपन्देही, हुम्ला, जाजरकोट र सुर्खेतलगायतका जिल्लाहरूमा सचेतनाका कार्यक्रम तथा बृहत स्वास्थ्य शिविर सञ्चालन गरी हालसम्म १ लाखभन्दा बढी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छौँ।

संस्था सथापना लगत्तै काभ्रेको रबिओपिमा संचालित स्वास्थ्य शिविरदेखि, भुकम्पका बेला ठाउँ-ठाउँमा गरिएका शिविरहुँदै हालसम्म गरिएका शिविरहरु मध्य खासगरी सगरमाथाको जिल्ला सोलुखुम्बुको बुङ्ग, सोताङ, फाप्लु र चिवङमा संचालित शिविरहरु एकदम स्मरणीय छन्। चार्टर्ड फ्लाइट मार्फत लगिएका चिकित्सक, औषधि र मेडिकल सामग्रीहरुको व्यापक प्रयोग र स्थानीयको माग बमोजिम समय थप गरि गरिएका शिविरहरु सधैं स्मरणीय छन्। साथै, राष्ट्रिय सडक संजालको पहुँच बाहिर रहेको हिमाली जिल्ला हुम्लामा गरिएको ३ दिने स्वास्थ्य शिविर अर्को ठुलो क्याम्प थियो। प्रारम्भले करिब १२ जना विशेषज्ञ चिकित्सकसहित हुम्लासहित सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र नम्खा गाउँपालिकासहित सिमकोट स्वास्थ्य सेवा केन्द्रसंगको संयुक्त प्रयासमा उक्त शिविर संचालन गरेको थियो। शिविरमा करिब ४ हजार ५ सयले सेवा लिएका थिए। हुम्लाका सबै सरकारी, गैरसरकारी निकाय र स्थानीय निकायका प्रमुखहरुको सहभागितामा सम्पन्न उक्त शिविर हालसम्म गरे मध्यको ठुलो थियो।

महामारी र बिपत्तिमा 'प्रारम्भ' सधैं अगाडी

भुकम्प

भुकम्प

सन् २०१५ को महाविनाशकारी भुकम्पका बेला तत्काल उद्धार र राहतमा हामी अग्रभागमा थियौं। त्यसलगत्तै हामी अस्थाई आवासका लागि जस्तापाता, लत्ताकपडा र भाडाकुडासहितको सहयोग गर्यौं। पुनर्निर्माणमा गम्भीर भएर काम कम गर्यौं। पुनर्निर्माण र पुनर्वासमा हामीले ३ वर्षसम्म काम गर्यौं र झन्डै १०० योजना कडा चुनौतीका बीचमा सफलतापुर्वक सम्पन्न गरि सम्बन्धित निकायलाई बुझायौं। जाजरकोट भुकम्पले प्रभावित क्षेत्रमा राहत सहयोग गरेका छौँ।

कोभिड-१९ महामारी प्रतिकार्य

कोभिड-१९ महामारी प्रतिकार्य

कोरोना महामारीको असहज परिस्थितिमा हामीले देशैभर मास्क, पीपीई, अक्सिमिटर, अक्सिजन कन्सनत्रेटर र भेन्टिलेटरलगायतका सामाग्री ठुलो परिमाणमा वितरण गर्यौं । सिंगापुर रेडक्रसको सहयोगमा करिब २० हजार थान प्राथमिक स्वास्थ्य सामाग्री फर्स्ट एड किट्स बक्स ल्याई नेपाल रेडक्रस सोसाइटीसहित करिब १०० भन्दा बढी स्वास्थ्य संस्था र स्थानीय निकायमार्फत जनतासम्म पुर्‍याइएको थियो । तात्कालिन सरकार, सुरक्षा निकाय र स्वास्थ्य प्रतिष्ठानले हाम्रो कामको व्यापक प्रशंसा गरेका थिए भने राष्ट्रियस्तरका संचारमाध्यमले समेत यसको प्रचार र कभरेज गरेका थिए।

प्राकृतिक संकटको सारथी

  • कोशी बाढीका बेला सुनसरी, मोरंग लगायतका जिल्लामा राहत तथा उद्धारका लागि सहयोग
  • सिन्धुपाल्चोक बाढीका कारण प्रभावित मेलम्ची लगायतका स्थानमा राहत सामाग्री सहयोग
  • मनाङ बाढीका बेला प्रभावित क्षेत्रमा १७ पटक हेलीकप्टर मार्फत उद्धार तथा न्यानो कपडा एवं सोलार लाइट प्रदान

बाढी तथा विपद् व्यवस्थापन

सदैव हामी आपतविपदमा मानवीय सेवा गर्दै आएको प्रारम्भ यतिबेला गत महिना अप्रत्याशितरुपमा आएको भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाको स्थलगत अध्ययनसहित उद्धार र राहतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। प्रत्यक्ष प्रभावितहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्री, खाद्यान्न, लत्ताकपडा सहयोग गरि हाम्रो स्वयंसेवक टोलिले सम्बन्धित क्षेत्रका सरोकारवाला निकायसंग भेटवार्ता गरि, स्थलगत अध्यन गरि त्यहाको अति जरुरि बिषयमा काम गर्न तयारी थालेको छ। बाढी प्रभावितका लागि आवश्यक पर्ने न्यानो कपडा, नियमित सेवन गरिरहेका औसधिहरु, खान, बस्न र सुत्नलाइ आवश्यक सरसामानहरुको जोहो गरि त्यसतर्फ पुर्याउने तयारी गरिरहेका छौँ। साथै, बिधार्थीका लागि स्कुल ड्रेस, कपिकलम, किताब, झोला र बिधालयका लागि स्मार्ट बोर्ड, डेस्क-बेञ्च लगायतका शैक्षिक सामाग्री त्यतातर्फ पठाउने तयारी गरिरहेका छौँ।

आगामी गन्तव्य

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हामी यथाशक्य दिर्घकालिन परियोजनाहरु संचालन गर्ने तयारीमा छौँ। प्रभावितका लागि राज्यले यथोचित व्यवस्थापन नगर्दासम्म राज्यकै निकायसंग समन्वय गरि केहि स्थानमा अस्थाई आवासको योजना आगाडी बढाउने सोच बनाएका छौँ। यसका लागि सम्बन्धित निकायसंग छलफल गरिरहेका छौँ। साथै, भोलिका दिनमासमेत सकारात्मक प्रभाव पार्ने खाले दिर्घकालिन योजना संचालन गर्न हामी बिभिन्न राष्ट्रिय-अन्तरराष्ट्रिय दातृ निकायसंग सहकार्य गर्दैछौं।